गैंडाको आक्रमणबाट एक महिला घाइते

२०८१ पुष १७ गते बुधवार
सारांश
  • बुधबार बिहान मनहरी गाउँपालिका ६ लोथर खोला नजिक रहेको लामेदमार मध्यबर्ती सामुदायिक बनमा घास काटन तथा गोबर टिप्न गएकी महिलालाई गैंडाले आक्रमण गरेको हो ।

मकवानपुर मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट एक महिला घाइते भएको प्रहरीले जनाएको छ ।


बुधबार बिहान मनहरी गाउँपालिका ६ लोथर खोला नजिक रहेको लामेदमार मध्यबर्ती सामुदायिक बनमा घास काटन तथा गोबर टिप्न गएकी महिलालाई गैंडाले आक्रमण गरेको हो ।


चितवन राप्ती नगरपालिका १ दुबिचौर घर भएकी अन्दाजी बर्ष ७० की दिलमायाँ स्याङतानलाई गैडाले आक्रमण गरेको र स्थानियहरुले हो हल्ला गरेपछि गैडा जंगल तर्फ भागेको प्रहरीले जनाएको छ ।


घाईते महिलाको हात,शरिर र निधारमा चोट लागेको र उनलाई उपचारको लागी चितवन पठाएको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार